नाै हजार भन्दा बढी संक्रमितकाे मृत्यु, थप एक हजार ३५३ संक्रमित थपिए

काठमाडाैं, असार १३ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै, तीनहजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४२४ जना रहेका छन् । काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना गरी ४२४ जना काेराेना भाइरसका नयाँ क्रमित भेटिएका पुष्टी भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार सात रहेको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा पाँच लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लाे २४ घण्टामा ३४ जना विरामी मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार नाै जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter