त्रिवेणी गाउँपालिकाबाट किसानलाई भैंसी हस्तान्तरण

प्रतीक इच्छुक शर्मा / सल्यान, असार १३ गते । त्रिवेणी गाउँपालिकाले किसानलाई उन्नत जातका भैंसी उपलब्ध गराएको छ । त्रिवेणी गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा त्रिवेणी गाई भैंसी पकेट समिति वडा न १,२ र ६ लाई ४७ वटा उन्नत भैंसी हस्तान्तरण गरिएको हो ।

पशुु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र त्रिवेणी गाउँपालिकाको साझेदारीमा किसानलाई व्यवसायिक बनाएर दुध उत्पादन बढाउन उन्नत जातका भंैसी वितरण गरिएको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउन उन्नत जातका भैंसी उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार पहिले घरमा दुईवटा भंैसी पाल्दै आएका किसानलाई भैंसी प्रदान गरिएको हो ।

त्रिवेणी गाउँपालिकाका ४५ किसानलाई करिब ४९ लाख ५० हजार बराबरका भैंसी वितरण गरिएको हो । त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काले पशु अस्पताल तथा पसु सेवा कार्यालयको २० लाख, त्रिवेणी गाउँपालिकाको छ लाख र समितिको २३ लाख ५० हजारमा कार्यक्रम सञ्चालन भएको बताउनुभयो । उहाँका अनुसार भंैसीपालन समूहमा आवद्ध किसानलाई उन्नत जातको घाँस, तालिम, अन्र्तक्रिया र औषधी समेत वितरण गरिएको छ ।

त्रिवेणी गाई भैंसी पकेट समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातका भैंसी पालन थालेको बताउनुभयो । उहाँका अनुसार समूहमा आवद्ध किसानले उत्पादन गरेको दुध विक्रीका लागि त्रिवेणीमा रहेको डेरीमा विक्रीका लागि व्यवस्था गरिएको छ ।

त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित उन्नत जातका भंैसी वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार वार्षिक जिउँदो पाँचवटा खसी बोका, मासिक दुई सय लिटर दूध विक्री गर्ने र मासिक दुई हजार अण्डा उत्पादन गर्ने किसानलाई ५० हजारसम्म अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter