धान रोप्ने प्रविधिको प्रयोग बढ्दो, चितवनमा ६० प्रतिशत सकियो धान राेप्ने काम

शालिग्राम नेपाल / चितवन, असार १४ गते । छिटो मनसुन सुरु भएको कारण चितवन जिल्लामा ६० प्रतिशत धान रोपिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार यस वर्ष पानी छिटो परेको भएर धान रोपाइ धेरै स्थानमा भएको छ । जिल्लाको कुल क्षेत्रफलको ४६ हजार ८९७ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४४ हजार २९१ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । खेतीयोग्य जमीनको ७२ प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुगेको भए पनि २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिनुभयो ।

मनसुन समयमा भएको कारण यस वर्ष धान खेतीको क्षेत्रफल बढ्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार तीन वर्ष अगाडि जिल्लामा २९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । भूखण्डीकरण, अन्य खेतीमा आकर्षणलगायतको कराणले धान खेतीको क्षेत्रफल घटेको प्रमुख ढकालले बताउनुभयो ।

नेपालमा सूचित गरिएका १३० जातका धानमध्ये चितवनमा सावित्री, सावा मन्सुली, सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, चैते ५, बहुगुणी १, बहुगुणी २ लगायतका धानहरु लगाउने गरिन्छ ।

चितवनका किसानहरु करिब ४० प्रतिशत क्षेत्रफलमा हर्दिनाथ तथा त्यति नै संख्यामा पिआर धान लगाउने गरेका ढकालको भनाइ छ । यस वर्ष करिब पाँच हजार ६९५ किलो सूचिकरणमा नरहेको गोरखनाथ धानको बिउ बरामद गरेर नष्ट गरिएको भन्दै ढकालले उक्त बिउ बिक्री वितरण गर्ने पाँच जना व्यवसायीलाई कारबाही गरिएको बताउनुभयो ।

धानखेतीमा प्रविधिको प्रयोग

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जिल्लामा प्रविधिको प्रयोग वृद्धि हुदै गएको जानकारी दिनु भयो । उहाँका अनुसार धान रोप्ने, झ गोड्ने, धान काट्ने, पराल उठउाने, जमिन सम्याउने, गहुँ काट्ने मकै छोडाउने रोप्ने लगायतको आधुनिक प्रविधिको प्रयोग हरेक वर्ष वढेको जानकारी दिनुभयो ।

आधुनिक प्रविधिबाट मात्रै यस वर्ष एक सय विगाह क्षेत्रफलमा धान रोपाइ भएको जानकारी दिनु भयो । धुलोमा सिधै धान छर्ने सिड फर्टिलाइजरको माध्यमबाट ७० विगाह क्षेत्रफलमा रोपाइ भइसकेको बताउनु भयो । त्यस्तै गरी तीन प्रकारका धान रोप्ने आधुनिक मेसिनले ३० विगाह क्षेत्रफलमा रोपाइ भएको छ । जिल्लाको भरतपुर महानगरपालिकामा १५ विगाह, खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा गरी १५ विगहा क्षेत्रफलमा मेसिनले धान रोपेको पौडेलले बताउनुभयो ।

प्रविधिको प्रयोगबाट खेती गर्दा लागत कम हुने, थोरै जनशक्तिबाट काम गर्न सकिने, छिटो र सजिलो तरिकाले खेती लगाउने र भित्राउन सकिने भएकाले प्रविधिको प्रयोग हरेक वर्ष वढेको बताउनु भयो । चैते धान भित्राउनको लागि ९० प्रतिशत मेसिनको प्रयोग हुदै आएको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले यान्त्रिकीकरणको प्रयोगमा खेती गर्दा कृषकको उत्पादन लागतमा ५० प्रतिशत कमी आउने जनकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter