पाँच हजार २८५ थपिए, छ हजार ८९८ कोरोनामुक्त, ६८ को मृत्यु

काठमाडौं, जेठ १८ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६६ हजार ५८७ जना पुगेको जनाएको छ । हाल एक लाख चार हजार ७८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । तीन हजार १८ नमूनाको एन्टिजेन परीक्षण गरिएकोमा ८०० मा पोजेटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८९८ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख ५४ हजार ३४४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८०.२ प्रतिशत पुगेको छ । हाल ७२५ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले जनाए अनुसार पछिल्लो चौबीस घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाभाइरसबाट सात हजार ४५४ जना सङ्क्रमितको मृत्यु भएको हो ।

नेपालमा हालसम्म ३० लाख ७४ हजार ५७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter