विवेकशील साझा पार्टीका नेता थापा रहनु भएन

काठमाडौं, जेठ १८ गते । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । लामो समयदेखि कोरोना सक्रंमणबाट विरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहनु भएका थापाको निधन भएकाे मेडिसिटी अस्पतालका सञ्चार अधिकृत मोनिता पोखरेले बताउनुभयो । उहाँले थापाकाे आज दिउँसो ४ः२५ मिनेटमा निधन भएकाे जानकारी दिनुभयो ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षरोपण गर्न आह्वान गरेको छ । साथै, यहीबीचमा पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय पनि भएको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले शोक वक्तव्य जारी गरी जनाएका छन् ।

‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ । खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहं भूमिका छ,’ मिश्र र पाण्डेले भनेका छन्, ‘थापाले अंगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्नेछ । यो विषम पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्यलाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ ।’

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter