कागती जोनले खुसी छन् रामचन्द्र

गाेकर्ण पाैडेल / तुलसीपुर, जेठ १९ गते । सरकारले आर्थिक वर्ष २०७८/७९को बजेटमा दाङ जिल्लासहित दशवटा जिल्लालाई कागती जोन जिल्लाका रुपमा घोषण गरेपछि कागती किसान रामचन्द्रको मुहारमा खुसी छाएको छ ।

तीन वर्षदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा व्यवसायिक रुपमा कागती खेती गर्दै आएका रामचन्द्रलाई बजेटले एकातर्फ निराशा देखाउनेलाई जवाफ मिलेको छ भने अर्कोतर्फ राज्य समेत दाङमा कागती खेती हुन्छ भन्ने सन्देश दिन सफल भएको ठान्नुहुन्छ । बजेटमा दाङ, भोजपुर, काभ्रे, पर्वत, स्याङ्जा, डडेलधुरालगायत दशवटा जिल्लामा कागती खेती विस्तार कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ ।

करिब २५ कठ्ठा जग्गा भाडामा लिएर खेती गर्नुभएको रामचन्द्र खडकाले चालिस हजार कागतीका बेर्ना तयार पार्नुभएको छ भने तीस हजार कलमी बेर्नाका लागि तयार पार्दै हुनुहुन्छ ।

‘‘म धेरै पल्ट धाउँदा विज्ञहरुबाटै दाङमा पनि कागती खेती हुन्छ भन्ने प्रश्न उठाइएकोमा अब राज्यकै ध्यान जाँदा पक्कै हामीजस्ता किसानहरुलाई थप उर्जा मिलेको छ ।’’ खडकाले भन्नुभयो ।

कागतीको बिरुवा नेपालका विभिन्न जिल्लासहित छिमेही देश भुटानबाट समेत माग आएकाले बन्दाबन्दी खुलेलगत्तै त्यहाँ विरुवा पठाउने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘भुटानका किसानहरुले परीक्षणका लागि एक हजार विरुवा माग गर्नुभएको छ, बन्दाबन्दी खुकुलो भएलगत्तै पठाइनेछ’ । करिब आठ वर्ष जनयुद्व लड्नुभएका खड्का पाँच वर्ष विदेशमा रोजगारी गरेपछि स्वदेशमै केही गराैँ भन्ने उद्देश्यका साथ तीन वर्षदेखि कागती खेती गर्दै आउनुभएको छ । कागतीको बेर्नाले डेढ वर्षबाटै फल दिन शुरु गर्ने उहाँ बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter