चार हजार ५२४ थपिए, सात हजार २१९ कोरोनामुक्त, १०१ को मृत्यु

काठमाडौं, जेठ १९ गते । नेपालमा कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा आरटीपीसीआरबाट चार हजार ५२४ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । एन्टीजेनबाट ७९२ जनामा पोजेटिभ पाइएको जानकारी दिनुभयो ।

सह प्रवक्ता डा.अधिकारीले हाल एक लाख एक हजार ९९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो । छ हजार ८३२ जना संस्थागत् आइसोलेशनमा र ९५ हजार १३१ जना होम आइसोलेशनमा रहेका छन् । हाल ८३७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा सात हजार २१९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

सह प्रवक्ता डा. अधिकारीले पछिल्लो चौबीस घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter