पाँच हजार ८२५ थपिए, पाँच हजार ९०४ कोरोनामुक्त, ७५ को मृत्यु

काठमाडौं, जेठ २० गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार ८२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले चौबीस घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ ।

मन्त्रालयले चौबीस घण्टामा ७५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ६३० जनाले ज्यान गुमाउन पुगेका छन् । हाल ८३१ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter