चार हजार ६२४ थपिए, आठ हजार ६६३ कोरोनामुक्त, १०१ को मृत्यु

काठमाडौं, जेठ २१ गते । नेपालमा कोरोनाभाइरसका चार हजार ६२४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार १८२ नमूनाको परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८१ ह्जार ५६० पुगेको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ६३१ ज्नाको एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगे यता पहिलो पटक सक्रिय सङ्क्रमितको संख्या एक लाखभन्दा कम भएको छ । हाल ९७ हजार ६९९ मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा आठ हजार ६६३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म चार लाख ७६ हजार १३० जना सङ्क्रमित निको भएका हुन् । हालसम्म ३१ लख २१ ह्जार १२० नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ७३१ जनाले ज्यान गुमाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter