सरकारले सगरमाथा संवाद शुरु गर्ने, पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने

काठमाडौं, जेठ २१ गते । सरकारले सगरमाथा संवाद आयोजना निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको नियमित बैठकबारे जानकारी गराउनुहुँदै शुक्रबार सोको जानकारी गराउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपाल–भारत सरकारबीचको सहमतिमा जीटुजी प्रणालीबाट मल खरिद विक्रीको काम अघि बढाइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय सरकारले गरेको छ । सोहीअनुसार हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताउनुभयो ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । प्रेस काउन्सिलको अध्यक्ष पदमा पत्रकार बालकृष्ण बस्नेतलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ, सो सूचना विहिबार नै सार्वजनिक भइसकेको थियो । सञ्चार मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटलाई नयाँ ढङ्गले रुपान्तरण गरिएको मन्त्री गुरुङले बताउनुभयो । यसअघि परम्परागत ढङ्गले कार्यक्रम चल्ने भएपनि अहिले पहिलेभन्दा फरक ढङ्गले रुपान्तरण गरिएको जानकारी दिनुभयो ।

सरोकारवालाहरु सबै पक्षसँग आवश्यक छलफल गरी कार्यक्रम तय गरिएको र सोहीअनुसारको बजेट व्यवस्था गरिएकाले काम नयाँ ढङ्गले अघि बढ्ने विश्वास दिलाउनुभयो । कार्यक्रम जुन ढङ्गले अघि बढ्नु पथ्र्यो त्यसरी काम गर्न कोभिडले बाधा गरेको भएपनि काम राम्रो भइरहेको बताउनुभयो । आगामी वर्षको बजेटले नयाँ सन्देश दिएको र त्यसको कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने उहाँले चर्चा गर्नुभयो । बजेटको विरोधमा सानातिना विज्ञप्तीबाजी भएपनि सारमा त्यसको स्वागत नै भइरहेको उहाँले बताउनुभयो । बजेटको विभिन्न पक्षबाट स्वागत भइरहेको उहाँले जानकारी दिनुभयो ।

सञ्चारको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिएको र त्यसको पत्रकार महासंघले समेत स्वागत गरेकोमा मन्त्री गुरुङले धन्यवाद व्यक्त गर्नुभयो । आमसञ्चारकर्मी र पत्रकारको हकहितका लागि बजेटले यथोचित सम्बोधन भएको उहाँले प्रष्ट पार्नुभयो । पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । हिजो ‘विकासका लागि सञ्चार’ नारा तय गरिएको थियो, अब ‘समृद्धिका लागि सञ्चार’ नारा तय गरिएको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो । पत्रकार तथा सञ्चार माध्यमले अब मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको हितकालागि कोभिड खोपको पहल लिइरहनुभएको बताउनुहुँदै उहाँले त्यसको सबैले समर्थन गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनअघि सबै नागरिकलाई खोप लगाउने प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार सरकारले काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रपति भण्डारीमाथि पछिल्लो समय लगाइएको अनावश्यक आरोप र लान्छनाको मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले दुःख व्यक्त गर्दै गैरजिम्मेवार नबन्न सबैमा आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter