दुई हजार ८७४ थपिए, पाँच हजार २९३ कोरोनामुक्त, ५९ को मृत्यु

काठमाडौं, जेठ २७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ८७४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा पीसीआर परीक्षणबाट सङ्क्रमणको पुष्टि भएका कोरोनाका कुल सङ्क्रमित छ लाख एक हजार ६८७ पुगेको छ । एन्टीजेन बिधिबाट हालसम्म १७ हजार ७१४ को रिपोर्ट पोजेटिभ आएको छ । हाल ७७ हजार ८५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार २९३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म पाँच लाख १५ हजार ५९१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५.७ प्रतिशत पुगेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार २३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter