निषेधाज्ञामा सर्वोच्च तथा जिल्ला अदालतबाट दिइने सेवामा थप

काठमाडौं, असार १ गते । सर्वोच्च अदालतले जारी लकडाउनमा केही थप सेवा प्रवाह गर्ने भएको छ । मङ्गलबार सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट सम्पादन हुने कामकारबाही र सेवा प्रवाहका सम्बन्धमा जेठ २१ गतेको पूर्ण बैठकको निर्णय बमोजिमका कामकारबाही र सेवाहरुलाई निरन्तरता दिने बताएको हो ।

त्यस्तै सर्वोच्चले कोरोनाभाइरस सङ्क्रमणको जोखिमको आंकलन एवं स्वास्थ्य सुरक्षासम्बन्धी निर्धारित मापदण्डहरुको पूर्ण पालना हुने गरी सिमित सङ्ख्यामा कामकारबाही र सेवाहरु थप गरी सो अनुरुपको व्यवस्थापन सेवा प्रवाहहरुलाई असार ७ गतेसम्म निरन्तरता दिने बताएको छ ।

जेठ ३१ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय अनुसार जेठ ७ गतेसम्म नेपाल सरकार निवेदक भएको दोहोर्याई हेरी पाउँ भन्ने निवेदनहरुको दर्ता र सुनुवाइ, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ नं. बमोजिमका थुनुवाका निवेदन–प्रतिवेदनहरुको दर्ता र सुनुवाई, पुनरावलोकसम्बन्धी निवेदनहरुको दर्ता र सुनुवाई, राजस्व न्यायाधिकरणबाट फैसला भई अनुमतिका लागि परेका निवेदनहरुको दर्ता र सुनुवाई, नेपाल सरकारको तर्फबाट पर्न आएका विपक्षी झिकाउने आदेश नभएका पुनरावेदाहरुको सुनुवाई र नि.सु.मा रहेका मुद्दा तथा रिट निवेदनहरुको सुनुवाइ हुनेछ ।

यसैगरी उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरुको कामकारबाही तथा सेवा प्रवाह एवं हदम्याद, म्याद र तारेखसमेतका विषयमा वैशाख १४ गतेको पूर्ण बैठकको निर्णय अनुसार हुने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै काठमाडौं जिल्ला अदालतले पनि मंगलबार विज्ञप्ति जारी गर्दै जेठ २० गतेको सूचनामा उल्लेख भएका सेवाहरु यथावत सूचारु राखी कामकारबाही थप गर्ने निर्णय जनाएको छ ।

अदालतको आज बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको फैसला कार्यान्वय अधिकारी सीता अधिकारीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

थप गर्ने सेवाहरुमा असार ७ गतेसम्म मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४५ को दफा ७३ बमोजिम थुनुवाका निवेदन दर्ता र सुनुवाइ विशेष प्रकृतिका निवेदनमध्ये दैनिक बढीमा तीन वटा मात्र दर्ताद्वारा विवाह (विवाह दर्ताको निवेदन विहान ११ देखि दिउँसो २ बजेसम्म दर्ता गरिने र दर्ता अगावै सो अदालतको दायरी शाखामा मोबाइल नम्बर)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter