एक हजार ७६८ थपिए, दुई हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु

काठमाडौं, असार ३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ९८४ पुगेको छ । एन्टीजेन विधिबाट हालसम्म २४ हजार ५६ को रिपोर्ट पोजेटिभ आएको छ । हाल नेपालमा ६१ ह्जार ७२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १४१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४५ हजार ६६२ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८८.६ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५९७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter