आईसीसी लिग २ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट

काठमाडौं, असार ४ गते । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन –२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको छ । संघका सचिब अशोक नाथ प्याकुरेलले बन्द प्रशिक्षणका लागि २० जना खेलाडी चयन गरिएको जानकारी दिनुभएको छ ।

नेपालले लिग डिभिजन–२ अन्तगर्तको खेल स्पनेमा खेल्नेछ । प्रतियोगिता अन्तगर्त नामीबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिबसीय खेल हुनेछ । यसअघि उक्त खेल स्कटल्याण्डमा हुने निर्धारण गरिएको भएपनि कोभिड १९ को प्रकोपको कारण खेल सम्भब हुन सकेन । तटस्थ भूमिमा खेलको आयोजना हुन लागेको हो । यद्दपी आईसीसीले अझै खेल तालिका सार्बजनिक गरिसकेको छैन् ।

क्यानले जारी गरेको सूचीमा नियमित कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खडका, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी र सन्दीप लामिछाने छन् ।

त्यसैगरी, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा टोलिमा अटाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter