एक हजार ४२१ नयाँ सङ्क्रमित थपिए ,५१ जनाको मृत्यु

काठमाडौं, असार ६ गते । पछिल्लो चौबीस घण्टामा एक हजार ४२१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
यस्तै तीन हजार ४५६ जना निको हुनुभएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले दिनुभएको हो ।
साथै विगत चौबीस घण्टामा ५१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।