थप एक हजार ५८४ सङ्क्रमित, तीन हजार १३० सङ्क्रमणमुक्त

काठमाडाैं, असार ७ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ५८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।
यस्तै, चारहजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८७७२ जनाको मृत्यु भैसकेको छ ।
तीन हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ८९.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।