रोलेक्स कन्जर्वेशन अवार्ड २०२१ जिते हुम्लाका फुन्जोकले

राजन रावत / हुम्ला, असार ८ गते । दुर्गमको समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लागेका हुम्लाका रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्वेशन अवार्ड २०२१’ प्राप्त गर्नु भएको छ । हुम्लाको लिमी, चुवाखोला र मनाङ मुस्ताङ क्षेत्रमा पाईने जंङ्गली जनावरको बारेमा अध्ययन तथा संरक्षणमा योगदान पुर्याए बापत उहाँले सो अन्तराष्ट्रिय अवार्ड जित्नु भएको हो ।

ऋवार्ड बिजेत भाई हाल मुस्ताङमै रहेको र बन्य जन्तुका क्षेत्रमा ठुलो अवार्ड जितेकोमा गर्भको सिमामै नरहेको दिदी छोप्साङ निङ्बा लामाले बताउनुभयो ।बन्यजन्तुका क्षेत्रमा सानै देखिको रुचि र पछि यस क्षेत्रमा लागि परेको प्रतिफल नै अवार्ड पाएको उहाँले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी, घोडा लगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उहाँलाई अवार्ड प्रदान गरिएको रोलेक्सले जनाएको छ । अवार्डको प्राईज दुई करोड ८७ लाख नेपाली रुपियाँ उहाँले जित्नु भएको हो । नेपालका रिन्जिनसहित विभिन्न देशका पाँच जना पुरस्कृतको नाम रोलेक्सले सोमबार घोषणा गरेको थियो । रिन्जिन विगत सात वर्ष (सन् २०१४) देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न हुँदै आउनु भएको थियो । २९ वर्षका लामा अवार्ड बिजेतामा सबै भन्दा कान्छा हुनुहुन्छ । उहाँले उक्त अवार्ड एशियामा दोस्रो व्यक्तिका रुपमा यो अवार्ड पप्त गर्नु भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण’ मा स्नातकोत्तर गरेका लामाले गएको वर्ष विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को ‘नेपाल कन्जर्वेशन अवार्ड’ पनि प्राप्त गर्नु भएको थियो । संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्व भरका व्यक्तिबाट छनौट गरि रोलेक्सले विगत चार दशकदेखि अवार्ड प्रदान गर्दै आएको थियो ।

हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि रिन्जिनले जनचेतना अभियान र स्थानीयको सहभागिताका लागि विशेष काम गर्दै आउनु भएको थियो । संरक्षणका अभियानमा उहाँले विशेष गरि महिलाको सहभागितालाई जोड दिँदै आउनु भएको थियो । यो अवार्डबाट बिजेता भएसंग काम गराईमा दुर्गमले छेक्दैन भन्ने भनाईले पुर्णता पाएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter