कामपामा आकाशे पानी सङ्कलन र पुनर्भरण अभियान

काठमाडौँ, साउन ८ गते । काठमाडौँ महानगरपालिकाले पानीको सङ्कट टार्न आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान सञ्चालनमा ल्याएको छ । उपत्यकामा पानीको समस्यालाई सम्बोधन गर्न अभियानले सहयोग पुग्ने बताइएको छ । काठमाडौँमा खानेपानीको माग दैनिक करिब ४५ करोड लिटर छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ । यसको आपूर्तिका लागि वैकल्पिक स्रोतको खोजीका क्रममा कामपाले यस किसिमको अभियान थालनी गरेको जनाएको छ ।

वर्षाका समयमा पर्ने पानीको उपयोग गरी अभियान सहयोग पुग्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँले पानीको वर्तमान तथा भाबी सङ्कटलाई दृष्टिगत गरेर महानगरले दुई वर्षअघिदेखिनै पुनर्भरण अभियान शुरु गरेको बताउनुभयो ।

अभियानअन्तर्गत गोङ्गबु र रानीबारी पुनर्भरण आयोजना सम्पन्न भइसकेको छ भने स्वयम्भू भुइँखेलको पोखरी पुनः स्थापना गरिएको छ । पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी, बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यो चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमुना उद्यान र टुँडालदेवी उद्यानको विकास र संरक्षणको कार्य थालेको छ । कामपाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी सङ्कलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

पुराना ढुङ्गेधाराको स्थान अवलोकन, मर्मत सम्भारको कार्य पनि थालेको छ । खानेपानीको स्रोत संरक्षणका लागि पुनर्भरण इनारको स्थापना, पानी बगैँचा (वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको पनि उपयोग गर्दै आइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter