इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

काठमाडौं, साउन ९ गते । वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि बढेको बताउनुभयो । निर्देशक भट्टराईले केही दिनमा सूचना जारी गरेर यस विषयमा जानकारी दिने तयारी भएको बताउनुभयो ।

त्यस्तै विभागका अर्का निर्देशक डम्बरबहादुर सुनुवारले इजरायल जान चाहने कामदारको लागि सोमबार वा मंगलबार सूचना सार्वजनिक गर्ने बताउनुभयो । उहाँका अनुसार सूचना जारी भएको २१ दिनपछि परीक्षा लिने मिति राष्ट्रिय दैनिक र वैदेशिक रोजगार विभागमा सार्वजनिक गरिनेछ ।

सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजलायलको कानुनी व्यवस्थाबारेमा जानकारी राखिनेछ भने परीक्षा अंग्रेजी भाषामा हुने उहाँले बताउनुभयो । त्यसपछि अन्तर्वार्ता लिएर अन्तिम योग्यता सूची तयार गर्ने र उक्त सूची इजरायलको पीआईबीएलाई पठाउने र विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार त्यसपछि भिसा प्रक्रियाको काम अगाडि बढ्छ । नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताको आधारमा स्याहार केन्द्रमा एक हजार नेपाली कामदार माग भएको छ । विभागमा माग गएको उक्त कामदारमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको रहेको निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्यको रुपमा माँनिदै आएको छ । अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर ९ एक लाख ७८ हजार नेपाली रूपियाँ पारिश्रमिक पाउनेछन् ।

मन्त्रिपरिषदबाट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भएपछि कोभिड–१९ को दोस्रो लहर शुरु भएसँगै निषेधाज्ञा जारी भएकाले कामदार पठाउने प्रक्रिया रोकिएको थियो ।

सन् २०१२ देखि कामदार जान रोकिएको तर सन् २०१५ मा पुनः निजी क्षेत्रबाट नै कामदार लैजाने गरी सम्झौता भए पनि सरकारी तवरमा नै लैजाने निर्णय भएको हो । सरकारी तहमा लैजाने भनेर सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter