एक हजार ५३९ सङ्क्रमण पुष्टि, दुई हजार ५० संक्रमित निको

काठमाडौं, साउन १० गते । पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५० जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७१३ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन् । छम्बीस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा पाँच हजार ६१६, ललितपुर एक हजार ८९ र भक्तपुरमा ९१० सक्रिय सङ्क्रमित रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter