दुई हजार ३९१ सङ्क्रमण पुष्टि, सङ्क्रमणमा २५ जनाको मृत्यु

काठमाडौं, साउन ११ गते । पछिल्लो २४ घण्टामा दुई हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४० जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार २५ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७३८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter