दुई हजार ६३४ जनामा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं, साउन १३ गते । पछिल्लो २४ घण्टामा दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ८८६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेकाे छ ।

यस्तै, चार हजार ९२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७९१ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter