बाँके राष्ट्रिय निकुञ्जमा बर्सेनि बढ्दै पाटेबाघ

सिराज खान / नेपालगञ्ज, साउन १४ गते । पाटेबाघको संरक्षण गर्नैका लागि ११ वर्षअघि स्थापना गरिएको देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल आएर २५ भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज स्थापना हुँदा ४ वटा बाघ रहेकोमा त्यसको आठ वर्षपछि गरिएको गणनामा सो संख्या २१ पुगेको जनाउँदै हाल २५ भन्दा बढी रहेको आकलन गरिएको बताउनुभयो ।

उहाँले निकुञ्जमा पाटेबाघको संख्या बढेर २५ भन्दा बढी भएको अनुमान गरिएकोले बाघको वासस्थान र आहारा प्रजाती व्यवस्थापनलाई जोड दिईरहेको बताउनुभयो ।

विश्वमै लोपउन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाती संरक्षणका लागि विभिन्न काम गरिरहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जले तारबार, पोखरी, वनपथ, घाँसे मैदान, मचान, सुरक्षा पोष्ट लगायत पुर्वाधार निर्माण गरेको प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । ‘बाघ हेर्न आउने पर्यटकका लागि धेरै पूर्वाधार तयार भईसकेका छन्, अझै कतिपय पूर्वाधार बनाउने योजनामै छौं,’ उहाँले भन्नुभयो ।

सन् २०२० मा निकुञ्जले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरिरहँदा कोरोना महामारीले सबै योजना प्रभावित बन्न पुगेको थियो । महामारी नियन्त्रणमा आएपछि बाघ हेर्न आउने पर्यटक लक्षित कार्यक्रम अगाडी बढाउने निकुञ्जको तयारी छ ।

बाँके राष्ट्रिय निकुञ्जभित्र बाघ अहिले आफ्नै प्राकृतिक बासस्थानमा रमाईरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेले बताउनुभयो । ‘आहारा प्रजाती बढेपछि बाघ आफ्नै बासस्थानमा बस्न रुचाउँछ, त्यसकारण बाघको आहारा बढाउने काम निकुञ्जले गरिरहेको छ, त्यसकारण बाघको संख्या पनि बढिरहेको छ ।’ उहाँले भन्नुभयो ।

निकुञ्जमा पाटेबाघको संख्या बढेसँगै संरक्षणमा अनेक चुनौती थपिएको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार बाघको संख्या बढेपनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाई हुनु, चोरी शिकार नियन्त्रण नहुनु, मानव र बाघबीच द्वन्द्व हुनु, निकुञ्ज क्षेत्रमा विकासका पुर्वाधार निर्माण गरिनु संरक्षणका चुनौती हुन् ।

बाँके निकुञ्ज बाँके, दाङ र सल्यानसम्म ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यी तीन वटै जिल्लाको अधिकांश भू–भागलाई निकुञ्जको मध्यवर्ती क्षेत्रले छोएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्तीसोनारी, बैजनाथ र कोहलपुर, दाङको बबई र दंगिसरण तथा सल्यान कालिमाटीमा दर्जनौं मानव बस्ती छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter