एक हजार ५४८ जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं, भदौ ७ गते । पछिल्लो २४ घण्टामा एक हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७०४ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, दुई हजार ६२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ पुगेको छ ।

सङ्क्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ५३३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter