थप एक हजार ४८८ सङ्क्रमित, एक हजार ७४३ निकाे, २० काे मृत्यु

काठमाडौं, भदौ २१ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ४८८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ७० हजार ७५९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.५७ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ७४३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म सात लाख २८ हजार ९२८ जना कोरोनामुक्त भएका छन् ।

गएको चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८५८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३० हजार ९७३ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । नेपालमा २६० जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter