रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत

काठमाडौँ, असोज १९ गते । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले प्रशासन समुहका सहसचिव रबिलाल पन्तलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । यही असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गन निर्णय पनि भएको छ ।

वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्य पदमा सह न्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो । मन्त्रिपरिषदको बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter