चिसाेले विद्युत उत्पादन घट्याे, पुसदेखि भारतबाट आयात गरिने

छेटु शेर्पा / काठमाडौं, मङ्सिर १५ गते । आन्तरिक उत्पादनले विद्युत माग धान्न नसक्ने अवस्था भएपछि नेपाल विद्युत प्राधिकरणले पुसदेखि भारतबाट विद्युत आयत गर्ने जनाएको छ । पानीको सतह कम भएसँगै विद्युत उत्पादनमा कमी आएपछि विद्युत आयत गर्नु पर्ने बाध्यता भएपछि प्राधिकरणले पुसदेखि आयत गर्ने तयारी थालेको जनाएको छ ।

मङ्गलबारसम्मको विद्युत माग १४ सय १७ मेगावाट रहेको छ भने उत्पादन भने ११ सय ५६ मेगावाट मात्र रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणको चार मेगावाट र अन्य आयोजनाहरुको ७५६ मेगावाट विद्युत उत्पादन रहेको भट्टराईले जानकारी दिनुभयो । नदीहरुमा पानीको सतह घटेपनि विद्युत उत्पादन कम हुनुका साथै न्यूनतम तापक्रम घट्दै गएपछि हिटर लगायतका बढी विद्युत खपत हुने सामाग्रीको प्रयोग बड्दै गएपछि माग पनि बड्न थालेको प्राधिकरणले जनाएको छ ।

पानी कम भएसँगै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हाल १७० मेगावाट मात्र नियमित विद्युत आपूर्ति गर्ने गरेको प्राधिकरणको तथ्याङक छ । प्राधिकरणले तत्काल पिक आवर (साँझ बिहान) माग धान्न सञ्चित जलशयमार्पmत थप विद्युत आपूर्ति गर्न शुरु गरेको छ । कुलेखानी लगायतका जलाशययुक्त आयोजनाहरुमा पानी सञ्चय पर्याप्त भएकाले मागको व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले जनाएको छ । मङ्सिर महिनासम्म आन्तरिक उत्पादनले धान्नसक्ने अनुमान छ त्यसपछि पुसदेखि भारतको विद्युत आयत गर्नुको विकल्प नभएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताउनुभयो ।

माथिल्लो तामाकोसी, लिखुखोला, सिँगटी, लोअर मोदी लगायतका आयोजनाहरु थप भएपछि गतवर्षभन्दा यस वर्ष विद्युत आयात धेरै गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । भारतबाट विद्युत खरिद गर्दा दिनमा भन्दा रातमा बढी महँगो पर्ने भएकाले विद्युत आयात कम गर्ने जनाएको छ । दिउँसो १५ घण्टासम्म विद्युत सस्तो पर्ने भएकाले रातको समयमा भने आन्तरिक व्यवस्थापन गर्ने सोच बनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter