दिवा खाजाको विद्यार्थीमा सकारात्मक प्रभाव

बाबुराम शर्मा / चरीकोट, मङसिर १८ गते । दोलखाका विद्यालयमा नेपाल सरकारले बन्दोबस्त गरेको दिवा खाजाको सकारात्मक प्रभाव परेको देखिएको छ । विद्यालयमा बालबालिकाको उपस्थितिमा उल्लेख्य वृद्धि ल्याउने र विद्यालय बाहिरका रहेकालाई समेट्ने उद्देश्यकासाथ बन्दोबस्त गरिएको दिवा खाजाले सकारात्मक प्रभाव परेको भीमेश्वर नगरपालिका– ७ को कुटीडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक शङकरलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विद्यालय कम आउने, आएकाहरु पनि विद्यालय समय पूरा नबस्ने समस्या हटेको छ । दिवा खाजाले ठीक समयमा आउने र ठीक समयमा जाने अब बानी परिसकेको छ । अहिले विद्यालय छोड्ने, समयमा नआउने र समयसम्म नबस्ने विद्यार्थीको बानी सप्रिएको छ । उहाँले भन्नुभयो, “शिशु कक्षादेखि कक्षा ५ सम्मका १७० जना विद्यार्थी नियमित छन् । पहिला भर्ना मात्र हुने र आकलझुकल आउने गर्थे । अहिले दिवा खाजाले शतप्रतिशत आउने र समयसम्म बस्ने गर्दा पढाइमा पनि सुधार आएको छ ।”

विद्यालयमा नियमित उपस्थितिको र खाजाको छुट्टाछुट्टै हाजिर खाता राखिएको छ । उहाँले भन्नुभयो, “खाजा नल्याए हाजिर नहुने र दिवा खाजा वापतको १५ रुपियाँ नपाउने हुँदा खाजा नियमित हुनेगरेको छ ।” स्वास्थ्यको ख्याल गरी जङकफुडको पुरै बन्द गरिएको छ । जङकफुड ल्याए खाजा हाजिर नहुने र पैसा नपाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आमाको हातले बनाएको सफा र स्वच्छ खाजा खाना पाएर विद्यार्थी खुसी रहेको उहाँले बताउनुभयो ।

भीमेश्वर नगरपालिका– ३ स्थित पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयमा पनि दिवा खाजाको सकारात्मक प्रभाव परेको छ । प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले भन्नुभयो, “तल्लो कक्षामा कम विद्यार्थी हुने र पुरै अनियमित्ता हुने बानी सप्रिएको छ । अहिले भर्नादरमा पनि सुधारआएको छ ।” शिशु कक्षादेखि कक्षा ५ सम्म ११० भर्ना भएका विद्यार्थी पुरै नियमित रहेको बताइएको छ । पढाइमा पनि विद्यार्थी अब्बल हुन थालेको अभिभावकको भनाई छ ।

शिक्षा विकास तथा समन्वय इकाइ दोलखाको अभिलेखअनुसार जिल्लाका नौ वटा स्थानीय तहमा शिशु कक्षादेखि कक्षा ५ सम्मका २१ हजार ५०४ विद्यार्थी छन् । ३८ लाख ७० हजार ७२० रुपियाँ खाजावापत खर्च हुनेगरेको बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter