‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’

काठमाडौं, मङ्सिर २३ गते । ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उहाँले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुआत गरिएको बताउनुभयो ।

“पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच स्थानको ट्राफिक कार्यालयबाट सुरु गरेका छौँ, आगामी दिनमा यसलाई विस्तार गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो ।

उक्त सेवाको सुरुआत गरेसँगै सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीवापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाहीस्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उलङ्घन गरेका चालकको हकमा भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter