प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने

काठमाडौं, मङ्सिर २६ गते । विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ३३ केभी क्षमताका सवस्टेशनहरु निर्माण गरिने भएको हो ।

प्राधिकरणले आयोजना अन्र्तगत शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मा सबस्टेसनको शिलान्यास गरेको छ । सवस्टेशन निर्माणसँगै प्रदेश २ का आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार हुने आयोजना संयोजक बोधराज ढकालले बताउनुभयो । आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत वितरण प्रणालीको सुदृढीकरण तथा पुनस्र्थापना र पूर्ण विद्युतीकरण गरिने उहाँले बताउनुभयो ।

सवस्टेशन निर्माणसँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने जनाएको छ । यससँगै प्राधिकरणले पाँच सय थान नयाँ वितरण ट्रान्सफर्महरु जडान गर्ने जनाएको छ ।

संयोजक ढकालले प्रदेश २ मा विद्युत वितरण लाइनको स्तरीयता, कृषि र औद्योगिक लाइनको थप क्षमता विस्तारलाई ध्यान दिई आयोजनामार्फत वितरण प्रणालीलाई सुधार गर्न लागिएको बताउनुभयो ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भइरहेको आयोजनालाई पाँच चरणमा विभाजन गरेर निर्माण सम्पन्न गर्ने जनाएको छ । यसका लागि प्राधिकरण र निर्माण कम्पनी टाटा प्रोजेक्टबीच गत चैतमा करिब चार अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।

३० महिना भित्रमा काम सम्पन्न हुनेगरी काम भैरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सन्दिपकुमारले बताउनुभयो । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत संचालित छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter