२५२ जना सङ्क्रमित थपिए, छ जनाकाे मृत्यु; पाँच जिल्लामा शून्य सङ्क्रमित, दुई जिल्लामा पाँच सयभन्दा बढी

काठमाडौं, मङ्सिर २९ गते । पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार २१२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुुुई हजार ७८२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६५ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार ६३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाँच जिल्लामा शून्य सङ्क्रमित, दुई जिल्लामा पाँच सयभन्दा बढी

नेपालमा शून्य सङ्क्रमित भएका जिल्ला पाँच पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरा गरी पाँच जिल्लामा शून्य सङ्क्रमित भएका छन् । नेपालमा ५ हजार ६८९ जना सक्रिय सङ्क्रमित छन् । जसमा होम आइसोलेसनमा पाँच हजार ३८६, संस्थागत आइसोलेसनमा रहेका सङ्ख्या ३०३ , आईसीयुमा रहेको सङ्ख्या १२० र भेन्टिलेटरमा २७ जना रहेको मन्त्रालयले जनाएको छ।

दुई सयभन्दा माथि सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या पाँच छ । सुनसरी, भक्तपुर, कास्की, बाँके, कैलालीमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

काठमाडौँ र ललितपुर गरी दुई जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सुरु भएदेखि आजसम्म ४७ लाख ३४ हजार ५ सय ८६ जनाको आरटी पिसिआर विधिबाट कोरोना भए नभएको जाँच गरिएको छ ।

जसमा आठ लाख २४ हजार ७६४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। आठ लाख सात हजार ५१६ जना सङ्क्रमित निको भैसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत छ ।

त्यस्तै ११ हजार ५५९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयलेको तथ्याङ्क छ । नेपालमा कोरोनाबाट मृत्यु दर १.४ प्रतिशत छ ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसमम कुल दुई करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाएको छ । कुल जनसङ्ख्याको ३८.३ प्रतिशतले एक मात्रा र ३०.८ प्रतिशतले दुई मात्राा खोप लगाएका छन् ।

लक्षित समूहको ५८.४ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले दुई मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्क छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter