गुइँठामा लुकेको मिथिलाको कला र संस्कृति

धीरेन्द्रप्रसाद साह / जनकपुर, पुस २ गते । तराईतिर गोबर भन्ने बित्तिकै सबैथोक नास भएको आम बुझाई छ । तर यसै गोबरमा मिथिलाको कला झल्किने गरिएको छ । गाईबस्तुको गोबर विभिन्न प्रयोजनमा प्रयोग भइरहे तापनि गोबरमा मिथिलाको कला र संस्कृति लुकेको कुरा कमैलाई थाहा छ ।

गाईबस्तुको गोबर संकलन गरेर खाना पकाउन बनाइने गुइँठामा हातको औलाले मिथिला कला कोर्ने गरेको देखिन्छ । गुइँठा पाथने (बनाइने) क्रममा मिथिलाका विभिन्न कला, कौशल एवं औजारसँग मेल खाने गरेको छ ।

गुइँठा आकारप्रकार आधुनिक हतियारसँग मेल खाने हुँदा रंगीचङ्गी सजाएर नाटक, नाँच तथा यस्तै मनोरञ्जनात्मक कार्यमा नक्कली हतियारको रुपमा प्रयोग पनि गरिन्छ । काँचो गोबरको गुइँठा बनाउने क्रममा महिलाले मिथिलासँग सम्बन्धित हस्तकला, मूर्तिहरु गुइँठामा कोरेर सुकाउन पनि कलात्मक एवं आकर्षक ढङ्गले चाङ्ग लगाउने गरिन्छ । यसले गोबरको गुइँठाको चाङ्ग हेर्नलायक एवं लोभ लाग्ने गरेको छ ।

यसरी बनाउने गुइँठामा कला पारखीहरुले सुकेपछि थोरबहुत आवश्यक प्रयोगमा ल्याएको कलाकार जिवछ दासले बताउनुभयो । गुइँठाको नक्कली बन्दुक बनाएर नाटकमा भूमिका निर्वाह गरेको उहाँले भन्नुभयो, “गुइँठाकै गितार पनि बनाइएको थियो ।”

घरमा बच्चा जन्मिएपछि प्रसूति र बच्चालाई न्यानो पार्न तथा टुनामुना नलाग्न पनि अनिवार्य रुपमा गुइँठाको आगो बाल्ने परम्परागत चलन रहेको स्थानीय शान्ति देवीले बताउनुभयो । त्यस्तै, घरको देउतालाई सररको धुप बाल्न पनि गुइँठाको आगो अनिवार्य चाहिने गरेको र त्यसकै खरानी निधारमा लगाउने गर्दा सन्चो हुनेगरेको उहाँले बताउनुभयो ।

गाईबस्तुको गोबरले प्राय महिलाले बनाइने गुइँठा दाउराको रुपमा अत्यधिक प्रयोग हुनेगरेको छ । दाउरा बाहेक अन्य प्रयोजनमा गुइँठाको प्रयोग कला पारखीहरुले मात्र गरिरहेको मिथिलाका महिला सुनिता कुमारीले बताउनुभयो । “हातले बनाउँदा मिथिलाको केही कलाहरु कोरिएपछि गुइँठा राम्रो देखिन्छ । राम्ररी चाङ्ग लगाएर सुक्न राख्दा झन आकर्षण देखिन्छ ।”

तराईका जिल्लामा गुइँठालाई गोरहा पनि भन्ने गरिन्छ । यो तीन चार प्रकारको बनाइने गरिएको अर्का महिला रञ्जुकुमारीले जुट (सन्ठी) हालेर सबभन्दा लामो, पराल वा सन्ठी बीचमा राखेर डेढ दुई फिट लामो, धानको भुस मिसाए गोलाकार, चेप्टो गुइँठा बनाउने गरेको बताउनुभयो । स्थानीय भाषामा लामो आकारकोलाई गोरहा, सानो लामोलाई गुइँठा, गोलो आकारलाई चेपरी भन्ने गरेको उहाँले जानकारी दिनुभयो ।

खासगरी ग्रामीण भेगमा काठ दाउरा र ग्यासको सट्टामा परम्परागत रुपमै खाना पकाउन, आगो बाल्न, ताप्न, वर्षभरी पुग्नेगरी गुइँठा बनाएर राखिने गरेको कृषक देबनारायण यादवले बताउनुभयो । ग्रामीण भेगका महिलाद्वारा गाईवस्तुको गोबरलाई मुछेर तयार पारिने गोरहा बाल्नका लागि सुरुमा झन्झटिलो भएपनि बैकल्पिक ऊर्जाको रुपमा गोरहा र गुइँठा प्रयोग गर्न थालिएको स्थानीयको भनाई छ ।

गाउँ घरका किसानहरुले अत्यधिक संख्यामा गाईभैंसी पाल्ने गरेका कारण गोबर पनि त्यतिकै मात्रामा संकलन हुने गर्छ । गोबरबाट तयार पारिएको गोरहा र गुइँठा सस्तो पनि हुनेभएकोले शहर बजारका सर्वसाधारण जनतालेसमेत बैकल्पिक इन्धनको रुपमा प्रयोग गरिरहेको स्थानीयको भनाई छ ।

सुकाउनलाई चाँग मिलाएर ठड्याईएको कलात्मक आकृतिजस्तो देखिने गोरहा गाउँघरमा पर्याप्त मात्रामा पाइन्छ । तराईका जिल्लामा ७०–८० प्रतिशत घरधुरीले गोरहा, गुइँठा, गोरहन्नीबाट खान पकाउने गरेको देखिन्छ । गोरखापत्र

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter