पर्यटक लोभ्याउन बन्दीपुरमा फनपार्क निर्माण

अमरराज नहर्की / तनहुँ, पुस ३ गते । पहाडकी रानी उपनामले प्रख्याती कमाएको पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा व्यक्तिगत लगानीमा फन पार्क निर्माण गरिएको छ । पर्यटन व्यवसायी कमल पौडेल र राजिव श्रेष्ठले संयुक्त रुपमा लगानी गरेर फनपार्क निर्माण गर्नुभएको हो ।

बन्दीपुरमा पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउन फनपार्क बनाई शुक्रबारबाट सञ्चालनमा ल्याइएको व्यवसायीले बताएका छन् । पर्यटक लोभ्याउन करिब साढे तीन करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको सञ्चालक पौडेलले जानकारी दिनुभयो । बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फरक आनन्द दिन फन पार्क उपयुक्त हुने देखेर लगानी गरेको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक पौडेलले जानकारी दिनुभयो । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आकर्षक संरचना तयार गरिएको छ । यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । गुणस्तरीय होटल तथा पार्कका कारण पनि बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटकको माध्यमबाट चहलपहल बढेको छ । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालनमा ल्याएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास भएको थियो ।

काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रकोबीचमा बन्दीपुर छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर रहेको छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । बन्दीपुरमा केवलकारको निर्माण पनि भइरहेको छ ।

पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजार नजिकै रहेको ठूलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार निर्माण गर्न लागिएको छ । लस्करै मिलेका मल्लकालिन झल्को दिने ढुङ्गाले छाएका घरहरु हातैले छोएजस्तो लाग्ने हिमशृङ्खला, दक्षिण एसियाकै ठूलो सिद्ध गुृफा, प्याराग्लाइडिङ, स्वच्छ तथा सफा वातावरण आदिले बन्दीपुर पर्यटकस्थ लबनेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter