प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक

काठमाडौँ, पुस ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठक आइतबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद्‍ अवरुद्ध गर्दै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter