दिवा खाजा कार्यक्रमले विद्यार्थी उत्प्रेरित हुँदै

शेरबहादुर सार्की / बाजुरा, पुस ८ गते । बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा आउन निकै उत्साह बढेकाे छ ।

बाजुराका अधिकांश विद्यालयमा विद्यार्थीहरु धेरै भर्ना हुने गरेको भए पनि पढन् भने थोरै बालबालिका आउने र ती आएका बालबालिका पनि हाफटाइमको समयमा भोक लाग्यो भन्दै भागेर घरमा जाने गरेपछि उनीहरुको पढाइ पनि निकै प्रभावित बन्दै गएको थियो ।

नेपाल सरकार र विश्व खाद्य कार्यक्रम अन्तर्गत पछिल्लो समय बाजुराका विद्यालयमा बालबालिकाहरुलाई जाउलो, दालभात, खिचडीलगायतका विभिन्न परिकार बनाएर खुवाउन थालेपछि पछिल्लो समयमा विद्यार्थीहरु विद्यालय जानका लागि निकै उत्प्रेरित बन्दै गएका हुन् ।

दुइ चार वर्ष अघि अधिकांश विद्यार्थीहरु विद्यालयमा भर्ना हुने किताब लिने र विद्यालयमा नआउने गर्थे, विद्यालयमा आएका विद्यार्थी पनि हाफटाइमको समय भागेर जाने गर्थे ।

अहिले यो दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा पढ्ने उमेर पुगेका गाउँका सबै बालवालिकाहरु विद्यालयमा भर्ना भएर पठनपाठन गर्न थालेको बडिमालिका नगरपालिका –९ को बालमन्दिर विद्यालयका शिक्षक विपिन विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला विद्यालयमा भर्ना भएका विद्यार्थीहरु कोही आउने र आएका विद्यार्थीहरु पनि भोक लाग्यो भनेर चाँडै भागेर घरमा जान्थे अहिले यो कार्यक्रम विद्यालयमा लागू भएपछि कोही पनि भागेर जाँदैनन् ।

विद्यालयमा नियमित आउने गरेपछि अहिले बाजुराको नौ वटै विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै बढेको विद्यालयले जनाएको छ ।

विभिन्न कारणले विद्यालय छोडेर गाउँमा बस्ने गरेका बालबालिकाहरु अहिले धमाधम विद्यालयमा भर्ना भएपछि विद्यालयमा विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको हो ।

विद्यालयमै खाजा खान पाएपछि बालबालिकाहरु निकै हर्षित हुनुका साथै उनीहरुको पढाइमा पनि निकै सुधार आउने गरेको बालमन्दिर आधारभूत विद्यालयका शिक्षक विष्टले बताउनुभयो ।

बडिमालिका नगरपालिका – ९ बालमन्दिर आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र प्रमिला विष्टले भन्नुभयो, “बिहान खायो नखायो गरेर छिट्टै विद्यालयमा आउनुपर्छ, यसरी आउँदा दिउँसो चाँडै भोक लाग्थ्यो, अनि हाफटाइमका बेला भोक लागेपछि भागेर घरमा जान्थ्याैं यसरी जाँदा सधै एकदुई पिरियड पढाइ पनि छुट्थ्यो विद्यालयमा नै दिवा खाजाको व्यवस्था हुनथालेपछि नास्ता खान पाउँछौ, सबै विषयहरु पढ्छौं ।”

उहाँले भन्नुभयो, “मेरो पढाइ पहिला निकै कमजोर थियो, विद्यालयमा यो दिवा खाजा कार्यक्रम सुरु गरिएपछि पढाइमा पनि निकै सुधार आएको छ ।,,

दिउँसो भोक लागेपछि पढाइ छोडेर नास्ताका लागि घरमा जाने अधिकांश बाजुुराका विद्यार्थीहरुले अहिले विद्यालयमै नास्ता खान पाउने भएपछि सबै विषय पढ्न थालेका छन् ।

जसका कारण उनीहरुको पढाइमा पनि निकै सुधार आएको सरस्वती आधारभूत विद्यालयका शिक्षक हस्तबहादुर धामीले बताउनुभयो ।

वि.सं. २०५७ माघ १ गतेदेखि महिना बाजुराका झण्डै पाँच हजार विद्यार्थी समेट्ने गरी परीक्षण गर्न नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्व खाद्य कार्यक्रम अन्तर्गत बाजुरामा पहिलो पटक यो कार्यक्रम सुरु गरिएको थियो ।

अहिले बाजुराका २४७ वटा विद्यालयका झण्डै २८ हजार ३४७ विद्यार्थी दिवा खाजा कार्यक्रममा समावेश भएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका निमित्त प्रमुख रमेशबहादुर जनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला बाजुराको ६ वटा पालिकाका विद्यालयमा मात्र यो कार्यक्रम सन्चालनमा थियो, भने अहिले नौ वटै पालिकामा यो कार्यक्रम लागू भएको छ ।”

नेपाल सरकारले यो कार्यक्रम लागू भएका विद्यालयमा एक जना प्रति ८० ग्राम चामल २० ग्राम दाल १० ग्राम तेल दुई ग्राम नुन गरी ११२ ग्राम खाद्यान पाउने गरी विद्यालयको खातामा रकम राखिदिएपछि सो अनुसार पालिकाले त्यो रकम निकासा गर्दै विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने गर्छन्, शिक्षा विकास तथा एकाइ बाजुराका प्रमुख जनाल बताउनुहुन्छ ।

पछिल्लो सयममा बाजुराका नौ वटै पालिका यो कार्यक्रम लागू भएपछि विद्यालय छोडेका बालबालिकाहरु पनि पुनः विद्यालयमा भर्ना भएका छन् भने विद्यालय छोड्नेको सङ्ख्या पनि निकै घटेको प्रमुख जनालले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter