अदालत पुगेर रोकियो निजगढ विमानस्थल निर्माण प्रक्रिया

काठमाडौं, पुस ९ गते । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया सर्वोच्च अदालतमा पुगेर रोकिएको छ । अन्तर्राष्ट्रिय उडानको विस्तार गरी विश्वका नागरिकलाई हवाइमार्गबाट नेपालमा जोड्ने माध्यमको विकास गर्न निर्माण शुरु गरिएको विमानस्थल अदालतमा मुद्दा दर्ता भएपछि रोकिएको हो ।

एक खर्व बढी लागतमा निर्माण गरिने विमानस्थलका लागि रुख कटानको काम शुरु हुनुभन्दा अघि रुख काट्न नहुने भन्दै सर्वोच्च अदालतमा रीट परेपछि निर्माण प्रक्रिया रोकिएको हो । दुई वर्षभन्दा बढी समय भइसक्दा पनि अझै अदालतले रीटमाथि सुनुवाइ गर्न नसक्दा निर्माण रोकिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो । सरकारले निर्माणको जिम्मेवारी दिए प्राधिकरण तयारी अवस्थामा रहेको छ तर काम गर्न नदिदाँ निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

तत्काल प्रक्रिया अघि बढाउन र रुख काट्ने वातावरण बनाइदिन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले वन मन्त्रालयलाई पत्रचार गरेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेका अनुसार पहिलो चरणमा कटान गर्नुपर्ने रूखसम्बन्धी फाइल मन्त्रिपरिषदमा लैजानका लागि सहजीकरण गरिदिन वन मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो । विमानस्थल निर्माणक्षेत्रको चार किल्लाको सडक र पहुँचमार्ग निर्माणका लागि तत्काल चार हजार २३२ वटा रूख कटान गर्नुपर्ने हुन्छ । यी रुख कटानका लागि मन्त्रिपरिषदमा लानुपर्ने भएकाले पर्यटन मन्त्रीले वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको थियो । रूख कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच सम्झौता भइसकेको छ ।

सर्वोच्च अदालतमा रिट दायर भएपछि वन मन्त्रालयले रुख कटानको प्रक्रियालाई थाती राखेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले जानकारी दिनुभयो । मुद्दा किनारा लागेपछि तत्काल रुख कटानको काम अघि बढाउने उहाँले बताउनुभयो । ईआईए प्रतिवेदनमा विमानस्थल निर्माणका लागि साना–ठूला गरी २४ लाख ५० हजार रूख काट्नुपर्ने उल्लेख छ । विमानस्थल बनाउने भनिएको एक हजार नौ सय हेक्टरअन्तर्गत दुईवटा ब्लकमा रूखको गणना भइसकेको छ । गणनाअनुसार दुई वटा ब्लकमा मात्र ५७ हजार तीन सय ५० वटा रूख छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter