खाद्यलाई धान बेच्न किसानलाई चटारो

दिपकप्रसाद गौतम / वीरगञ्ज, पुस ११ गते । प्राय सुनसान रहने, कहिलेकाही मात्र भिडभाढ देखिने बिशाल कम्पाउण्डमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगन्ज शाखामा अहिले खुट्टा राख्ने ठाँउ छैन । ठूलो क्षेत्रफल रहेको कार्यालय परिसर अहिले धान लोड भएका ट्याक्टर र गाडाले भरिभराऊ छ ।

बिहान साढे नौ बजेदेखि साँझ ६ बजेसम्म भिडभाड हुनेगरेको र कर्मचारीलाई भ्याइनभ्याई रहेको कर्मचारीको भनाई छ । बजार मूल्यभन्दा बढीमा खाद्यले धान किन्न थालेपछि धान बेच्न किसानहरुलाई चटारो भएको हो । पुस ८ गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले वीरगञ्ज र आसपासका नीजि खाद्य उद्योगहरुभन्दा प्रतिक्वीन्टल पाँच छसय रुपियाँ बढीमा धान खरिद गर्न थालेपछि धान बेच्न आउने किसानको भिड लागेको हो ।

पहिलो र दोस्रो दिन १ हजार १० दशमलव ७५ क्वीन्टल सोना मन्सुली धान खरिद गरी सकिएको सो कम्पनीले बताएको छ । आईतबार दिउँसो २ बजेसम्म कार्यालय परिसरभित्र ७० भन्दा बढी ट्याक्टर लाममा रहेको लिमिटेड वीरगन्ज शाखाका कार्यालय प्रमुख विकास कटुवालले बताउनुभयो ।

किसानलाई धान बेच्न सहज र छिटो होस भनेर ३ वटा काँटा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । २५ क्वीन्टलसम्म धान ल्याएका किसानलाई छुट्टै काँटामा तत्कालै खरिद गरिदिने गरेका छौंं, भुक्तानी पनि आवश्यकता हेरर नगदमै गरिदिने गरेका छौंं उहाँले भन्नुभयो ।

कार्यालयका सूचना अधिकृत मुनिलाल कुशवाहले यसवर्ष केन्द्रबाट १५ हजार क्विन्टल सोना मन्सुली र ३ हजार क्विन्टल जिरा मसिनो धान खरिद आदेश आएको जानकारी दिनुभयो । यसपटक सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपियाँ संघीय सरकारले नै निर्धारण गरेको र स्थानीय प्राथमिक खरिद समितिले जीरा मसिना धानको खरिद मूल्य २ हजार ९ सय १० रुपियाँ निर्धारण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिमा खाद्य ब्यापार कम्पनी शाखा कार्यालय प्रमुख, कृषि ज्ञान केन्द्र प्रमुख र वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि समेत गरी चार सदस्य रहनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter