आफ्नै शिक्षण अस्पताल नहुँदा आयुर्वेद विद्यार्थीहरु मर्कामा

गोकर्ण पौडेल, तुलसीपुर, पुस ११ गते । सातै वटै प्रदेशबाट आएर आयुर्वेद डाक्टर बनेकाहरु, जहाँ अध्ययन गरे, त्यहीँ व्यवहारमा अध्यास गर्न नपाउँदा समस्यामा पर्ने गरेका छन् । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानमार्फत सञ्चालनमा रहेको आयुर्वेद केन्द्रीय विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थीहरु सो अवसरबाट वञ्चित भएका हुन् ।

आयुर्वेद अध्ययन संस्थानले शिक्षण भवन प्राप्त गरे पनि शिक्षण अस्पतालका लागि भवन प्राप्त गरेको छैन । संस्कृत विश्वविद्यालयले नरदेवी आयुर्वेद चिकित्सालय र बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा १२ महिना अस्पतालमै प्रयोगात्मक अभ्यासको व्यवस्था गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद स्नातक तह(बीएएमएस)कक्षा शुरु गरेको एक दशक पुग्नै आँट्यो तर त्यहाँ भौतिक पूर्वाधारको अभाव छ ।

आयुर्वेद विद्यापीठमा पढाइ सकेर प्रयोगात्मक अभ्यास गरिरहेको विद्यार्थी शिखर पोखरेलले भन्नुभयो ‘हामीलाई जसले पढाउनुभयो उहाँसँग सिक्ने अवसर पाएका छैनौं ’। आफ्नै शिक्षण अस्पताल रहेको अवस्थामा धेरै सिक्न पाइन्थ्यो त्यो अवसरबाट वञ्चित गराइएको छ । आफ्नै भवन नहुँदा विद्यार्थीहरु सिक्ने कुरामा मात्रै होइन शुल्क तिर्ने विषयमा पनि मर्कामा परेका छन् । सम्बन्धित अस्पताललाई प्रति विद्यार्थी मासिक ५५ सय शुल्क भुक्तानी गर्दै आएको विद्यार्थी शिखर पोखरेलले बताउनुभयो ।

आयुर्वेद स्नातक तहको पाँचाैं ब्याच अर्थात् ९० जनाभन्दा बढी त्यहाँबाट आयुर्वेद डाक्टरको दक्षता प्राप्त गरिसकेका छन् भने पाँचौं ब्याच अध्ययन गरिरहेका छन् । दशाैं ब्याचसम्म पुग्दा समेत शिक्षण अस्पाताल निर्माण हुन नसक्नु विश्वविद्यालय नेतृत्वकर्ताहरुको कमजोरी र विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिएको विद्यार्थी पोखरेलले बताउनुभयो ।

विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले पूर्वाधार नभएका कारण विद्यार्थीहरुलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो ‘विगतमा विद्यार्थी पढाउने पूर्वाधार निर्माणमा जोड दिइयो तर सिकाइका लागि भवन बनाइएन त्यसको प्रभाव अहिले विद्यार्थीमा प¥यो ।’ तीन वर्षपछि मात्र विद्यार्थीहरुले आफ्नै आयुर्वेद शिक्षण अस्पतालमा सिक्न पाउनेछन् । लुम्बिनी प्रदेश सरकारले तीस करोडको लागतमा बेलझुण्डीमा एकीकृत अस्पतालका लागि भवन निर्माणको प्रक्रिया अघि बढाउन थालेको छ । यद्यपि, विश्वविद्यालयले हाल कक्षा सञ्चालन गरिरहेको भवनको तल्लो ब्लकमा ओपिडी सेवा सञ्चालनको तयारी गरेको छ ।

दुई वर्षभन्दा बढी कोरोना अस्पताल रहेकाले केही महिना अघि मात्रै कोरोना अस्पताल तुल्सीपुर सारिएको थियो । त्यति मात्रै होइन, आफ्नै भवन मात्रै भए पनि त्यहाँ आवश्यक पर्ने जनशक्ति छैन । विश्वविद्यालयका कुलसचिव अधिकारीले भन्नुभयो ‘भर्खरै नेपाल सरकारले १६ जनाको दरबन्दी स्वीकृत गरेको छ, अब हामीले त्यहाँबाट ओपिडी सेवा शुरु गरेका छौं ’ ।

विद्यार्थीहरुका लागि प्रयोगात्मक अभ्यासमा गएबापत विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार नेपाल सरकारको आठौं तहका कर्मचारीले प्राप्त गर्ने तलबभत्ताको ५० प्रतिशत दिनुपर्ने व्यवस्था छ, त्योअनुसार महिनामा कम्तीमा २० हजारभन्दा बढी उपलब्ध गराउनुपर्ने हुन्छ । तर विश्वविद्यालयले १५ हजार दुई सय मात्रै उपलब्ध गराउने व्यवस्था गरेको छ । यद्यपि, उक्त रकम चिकित्सा शिक्षा सेवा आयोगले दिएकोभन्दा कम भएको भन्दै विद्यार्थीहरुले बुझेका छैनन् । यस विषयमा विद्यार्थीहरुले पटक पटक विश्वविद्यालयका पदाधिकारीसमक्ष माग प्रस्तुत गर्दै आएका छन् । विश्वविद्यालयले २६ करोडको लागतमा आयुर्वेद शिक्षण भवन निर्माण गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter