२४ घण्टामा २१३ संक्रमित थपिए : दुई जनाको मृत्यु; हुम्लामा ८६ प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोप

काठमाडौँ, पुस १८ गते । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा आइतबार २१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी १६ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ । देशभर अहिले सक्रिय संक्रमितको संख्या चार हजार ९ सय ७१ रहेको छ।

हुम्लामा ८६ प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोपको पहिलो मात्रा

जिल्लाका सात वटै गाउँपालिकाका छयासी प्रतिशत तोकिएका उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा लगाउने कार्य सम्पन्न भएको छ । सडक यातायात नपुगेका स्थानमा स्वास्थ्यकर्मीहरु पैदल हिँडेर दुर्गम बस्तीमा सञ्चालन भएका खोप केन्द्रहरुमा सो खोप लगाउने कार्य भएको हो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले एक वटा वडामा बाहेक बाँकी पाँच वटा वडामा ३३१ जना बालबालिकालाई मोडर्ना खोप लगाउने कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले यसका लागि स्वास्थ्यकर्मीहरु दुर्गमका बस्तीमा पुगेर खोप लगाउने कार्य गरिएको बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयमा खोप सम्पर्क व्यक्ति मानबहादुर रोकायाले जिल्लाका सात वटै गाउँपालिकामा छयासी प्रतिशत बालबालिकाले खोप लगाउने कार्य पूरा भएको बताउनुभयो । उहाँले बाँकी १४ प्रतिशतमा पनि केही मात्र छुटेको हुन सक्ने भए पनि अधिकांश बालबालिका जिल्ला बाहिर रहेको बताउनुभयो । खोप अभियानमा जिल्ला भर पाँच हजार ४६५ जना बालबालिकाहरुले खोप लगाउने कार्य भएको छ । जम्मा खोप लगाउनेमध्ये बालक संख्या दुई हजार पाँच सय रहेको छ भने बालिका सङ्ख्या दुई हजार ९६५ जना छ ।

यसबाट बालकभन्दा खोप लगाउने सङ्ख्या बालिकाको रहेको छ । यसका लागि केन्द्रबाट जिल्लाका लागि ६३० भाइलबाट छ हजार ३७० मात्रा बालबालिकाका लागि लगाउन सकिने खोप जिल्लामा उपलब्ध भएको थियो । जिल्लामा आएको सबै खोप गाउँपालिकालाई वितरण गरिएको हो । यसका लागि ६१ वटा खोप केन्द्र सञ्चालन गरेर १८३ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको थियो ।

लिमी बाहेक सबै गाउँपालिकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाएर ९०५ मात्रा अझै बचेको कार्यालयले जनाएको छ । यसबाट तत्काल छुटपुटका लागि पुनः खोप कार्य सुरु गरिने भएको छ । खोप अभियान सञ्चालन गर्ने निर्धारित मिति पुस ४ गतेबाट भए पनि खोप जिल्लामा ढिलो पुगेको कारण एकदेखि तीन दिन ढिलो गरी हुम्लामा खोप अभियान सञ्चालन भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter