५७२ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य; थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि; अस्पतालहरुलाई तयारी अबस्थामा रहन निर्देशन

काठमाडौं, पुस २३ गते । पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार २७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, छ हजार ६९९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३९६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म पाँच हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २५० नेगेटिम पत्ता लाग्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । यसअघि नेपालमा तीन जनामा ओमिक्रोम पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोम पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।

ओमिक्रोन बढ्न थालेपछि अस्पतालहरुलाई तयारी अबस्थामा रहन निर्देशन

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

विज्ञप्तीमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन उल्लेख गरेको छ ।

मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

त्यस्तै मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा थप गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्ट पृष्टि भएको छ । पुस महिनामा एक हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेको मन्त्रालका प्रवक्ता संगीता मिश्राले जानकारी दिनुभएको छ।

एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । यो संगै नेपालमा ओमिक्रोन पृष्टि हुनेको संख्या २७ पुगेको छ।

नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ३१ ह्जार ५२ जनामा कोारेना पृष्टि भएको छ । जसमध्ये आठ लाख १३ हजार ७०९ जना संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा ११ हजार ६०२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्युदर १.४ प्रतिशत रहेको छ ।

मन्त्रालयको तथ्याङक अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । जसमध्ये पाँच हजार २८६ जना होम आइसोलेसनमा रहेका छन्। संस्थागत आईसोलेसनमा ४५५ जना रहको मन्त्रालयले तथयांकमा उल्लेख गरिएको छ। त्यस्तै मन्त्रालयका अनुसार संक्रिय संक्रमित मध्ये आइसियुमा ८१ जना र १५ जना भेन्टिलेटर मा उपचारत रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter