जयनगर–कुर्था रेलवे लिक परीक्षण सफल

लक्ष्मी चौधरी / जनकपुरधाम, पुस २४ गते । जयनगर–कुर्था रेलमार्ग परीक्षण सफल भएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोलीसहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।

रेलमार्ग परीक्षणको क्रममा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँले रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको जानकारी दिनुभयो । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उहाँले भन्नुभयो । केही ठाउँमा क्लिप चोरी भएको कुरालाई ध्यानाकर्षण पनि गराउनुभएको थियो ।

उहाँले उद्घाटनको मिति भने अहिले निश्चित नभएको दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी दिँदै उहाँहरुको समय मिलेपछि उद्घाटन गर्ने मिति तय गर्ने जानकारी दिनुभयो ।

परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter