२२ सय पाँच सङ्क्रमित, सात हजार ७५५ डिस्चार्ज, १२ को मृत्यु

काठमाडौं, माघ १९ गते । पछिल्लो २४ घण्टामा दुई हजार २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा पाँच हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ११ हजार ५८२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सात हजार ७५५ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter