स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा योजना पेश गर्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौं, माघ १९ गते । केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कार्ययोजना पेश गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । बुधबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले चारवटै सुरक्षा निकायलाई उक्त निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई निर्वाचन सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको उहाँले बताउनुभयो । चारै सुरक्षा निकायले सुरक्षा योजना बनाएर ल्याएपछि अर्को बैठक बस्ने समेत उहाँले बताउनुभयो निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । सोही अनुसार निर्वाचनमा सुरक्षा भरपर्दो दिनका लागि आवश्यक सबै रणनीति अख्तियार गर्न बैठकले निर्देशन दिएको उहाँले बताउनुभयो ।

‘अहिलेका हाम्रा सुरक्षा इस्युहरू के हुन्, ती इस्युहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भयो । र, प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रूपमा कुरा भइराखेको रैछ । अब हामीले सुरक्षा कसरी निर्वाचनमा, कुन किसिमले सुरक्षा गर्ने, सबै सुरक्षा निकायबाट त्यसको फिडब्याक लिएर अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । निर्वाचन केन्द्रित सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापनलगायतको विषयमा छलफल भयो,’ प्रवक्ता पोखरेलले भन्नुभयो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter