२४ घण्टामा २७४२ सङ्क्रमित, आठ हजार ७२३ डिस्चार्ज, १४ को मृत्यु

काठमाडौं, माघ २० गते । पछिल्लो २४ घण्टामा दुई हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार २६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ७४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल १२ हजार ६०५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार ७२३ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ६६ हजार ५४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ६३ हजार २९६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter