हिमपातले जुर्मुरायो स्थानीय पर्यटन क्षेत्र

बेलिना थापा / लमजुङ, माघ २२ गते । पहाडी जिल्ला लमजुङमा हिमपात हुन थालेपछि पर्यटकीय गाउँहरु स्थानीय पर्यटकले भरिभराउ भएको छ । स्थानीय पर्यटक बढेपछि स्थानीय पर्यटनमा टेवा पुगेको स्थानीयको बुझाई छ । उच्च पहाडी क्षेत्रमा बिहीबार रातिदेखि शुक्रबार रातीसम्म बाक्लो हिमपात भएको थियो । हिमपात भएपछि हिउँ खेल्न पर्यटकीय गाउँ जानेको भीड लागेको छ । यसअघि पर्यटकको संख्या शून्यजस्तै रहेको गाउँमा हिमपातपछि सयौं पर्यटक हिमपात भएको क्षेत्रमा पुगेका छन् ।

समुद्री सतहदेखि करिव दुुई हजार एकसय मिटरको उचाईसम्म रहेको क्व्होलासोंथर गाउँपालिका ३ स्थित स्मार्टभिलेज घले गाउँमा पर्यटकको ओइरो लागेको छ । शुक्रबार मात्रै करिब पाँचसय पर्यटक पुगेका छन् । एक सय बढी पर्यटक होमस्टेमा बास बसेका छन् । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेकाअनुसार हिमपातपछि पर्यटन व्यवसाय जुर्मुराएको छ ।

‘कोरोना संक्रमण जोखिमका कारण फाट्टफुट्ट मात्र पाहुना आउने गर्थे । दैनिक दश पन्ध्र जना पाहुना आउथें’ उहाँले भन्नुभयो, ‘अहिले हिमपात भएपछि पाहुनाको भिड लागेको छ । कतिपय गाउँ बस्नुभएको छ । कतिपय हिउँ खेलेर फर्कनुभएको छ ।’

घलेगाउँमा हिउँ खेल्न बेंसीसहरलगायतका जिल्लाका विभिन्न स्थानमा नागरिक पुगेका छन् । युवायुवति, कर्मचारी, व्यवसायी घलेगाउँ पुगेका छन् । शनिबार विदा भएकाले धेरै पर्यटक गाउँ पुगेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

हिमपातले चिसो बढे पनि पर्यटक आउँदा व्यवसायीलाई फाइदा पुगेको बताउनुभयो । स्थानीयको आयआर्जनमा त्यसले सहज बनाएको उहाँको भनाई छ । घलेगाउँमा करिव दुुई फिट हिउँ जमेको छ । लमजुङको घलेगाउँसँगै घनपोखरा, सिउरुङ, हर्सिङडाँडा, पिसहिल, खाँचेलगायत ठाउँमा हिमपात भएको छ ।

ती क्षेत्रमा हिउँ खेल्नेको भीड लागेको स्थानीयले बताएका छन् । मस्र्याङदी गाउँपालिका १ का अध्यक्ष रुद्रमान गुरुङकाअनुसार हिमपातपछि वडाका पर्यटकीय गाउँमा पर्यटकको ओइरो लागेको छ । घनपोखराका होमस्टे, नायुका होटलहरु भरिभराउ भएको उहाँले बताउनुभयो । ‘बिहीबार रातिदेखि शुक्रबार बेलुकासम्म हिमपात भएको छ । हिमपातपछि गाउँठाउँ सेताम्मे भएको छ । हिउँ खेल्न पाहुना आएका छन्’ उहाँले भन्नुभयो, ‘पर्यटक बढी भएकाले व्यवस्थापनमा समस्या भयो । शनिबार पनि हिउँ खेल्ने पर्यटक आएका छन् ।’

घनपोखराका २३ होमस्टे, नायुका पाँच होटल पर्यटकले भरिएको उहाँले बताउनुभयो । शनिबार पनि पर्यटक आइरहेको उहाँले बताउनुभयो । एक सय बढी पर्यटक घनपोखरा क्षेत्रमा हिउँ खेल्न पुगेका छन् । यसअघि शुन्य पर्यटकीय गाउँठाउँ अहिले पर्यटकले भरिएको स्थानीय सुलबहादुर गुरुङले बताउनुभयो । उहाँकाअनुसार हिमपातपछि पर्यटकीय गतिविधि बढेको छ । पर्यटन व्यवसाय सहज बनाएको छ ।

मस्र्याङदी गाउँपालिका ३ सिउरुङका धनबहादुर गुरुङकाअनुसार हिमपात भएपछि आन्तरिक पर्यटक गाउँ घुम्न आएका छन् । पर्यटक हर्सिङडाँडा र गाउँमा पर्यटक हिउँ खेल्न आएको उहाँले बताउनुभयो । यसअघि एक जना पनि पर्यटक नआएकोमा अहिले पर्यटकलाई स्वागत गर्न पाइएको स्थानीयले बताएका छन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यकाअनुसार माथिल्लो भेगमा बाक्लो हिमपात भएको छ । माथिल्लो क्षेत्रमा गाउँ सेताम्मे भएको छ । गाउँमा पर्यटक हिउँ खेल्न पुगेका छन् । यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter