२४ घण्टामा थप ११ सय ३ सङ्क्रमित, चार हजार ७७१ निकाे, नौको मृत्यु

काठमाडौं, माघ २२ गते । पछिल्लो २४ घण्टामा एक हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल आठ हजार ५१३ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर एक हजार ७१४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा चार हजार ७७१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा पाँच लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter