२४ घण्टामा ११ सय ८३ सङ्क्रमित, आठ हजार ७०४ निको, ११ को मृत्यु

काठमाडौं, माघ २३ गते । पछिल्लो २४ घण्टामा एक हजार १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल नौ हजार २५१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार ७०४ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा सात लाख ९९ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ४५ हजार २४८ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter