२४ घण्टामा एक हजार २२ सङ्क्रमित, छ हजार १४३ निको, १३ को मृत्यु

काठमाडौं, माघ २४ गते । पछिल्लो २४ घण्टामा एक हजार २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ११ हजार ३६५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा छ हजार १४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख ७८ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ४० हजार १११ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter