१२ वटा डोजर परिचालित, ठूला ढुङ्गा फुटाउन सेनासँग अनुमति लिइँदै

छेटु शेर्पा / काठमाडौं, माघ २४ गते । मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा भए पनि उपत्यकामा खानेपानी ल्याउने काम अघि बढेको छ । मेलम्ची नदीको मुहान सफाइका क्रममा ठूला ढुङगा भेटिएपछि आयोजनाले नेपाली सेनालाई विष्फोटक पदार्थ उपलब्ध गराउन अनुमति माग्ने तयारी थालेको छ ।

मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको काम पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएपछि हाल मुहान सफाइको काम शुरुभएको छ । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न गरी चैत अन्तिमसम्ममा अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी ल्याउने लक्ष्य राखेको मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम अघि बढाएको पन्तले जानकारी दिनुभयो । मुहान सफाइमा माथिल्लो तहमा गिटीवालुवा मात्र भेटिए पनि तल्लो तहमा ठुलाठुला ढुङ्गा भेटिएपछि ब्रेकर प्रयोग गरी फुटाउने प्रयास भएको तर नसकिएपछि नेपाली सेनासँग विष्फोटक पदार्थ माग गर्ने तयारी थालिएको पन्तले बताउनुभयो । समितिले यसै चैत महिनाभित्र काठमाडौं उपत्यकामा पानी ल्याउने लक्ष्य राखेको छ । यसका लागि काम चाँडो सम्पन्न गर्न ठेकेदारसँग परामर्श गरी सहज बनाउन आयोजना लागि परेको उहाँले बताउनुभयो ।

बाढीपहिरोले प्रभावित बनाएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पर धकेलिएको छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ । बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्व ८८ करोड रुपैयाँको नोक्सान भएको समितिले जनाएको छ । हालसम्म करिब ३५ अर्ब लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षणस्वरुप वितरण गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter