२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु

काठमाडौं, माघ २५ गते । पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ११ हजार ६९२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर १९ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा पाँच हजार १०३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९५.० प्रतिशत रहेको मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter